मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २१ शुक्रबार
  • Monday, 14 July, 2025
२o७९ असोज २१ शुक्रबार १५:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुहानमा बाढी पसेपछि वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २१ शुक्रबार १५:३४:oo

कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ। खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो। 

संस्थाका प्राविधिक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गएराति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो। 

यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै रु १० लाखको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो। 

उक्त समस्या समाधान हुनेबित्तिकै फेरि मुहानमा आएको बाढीले खानेपानी आपूर्तिमा व्यवधान खडा गरेको हो।

इन्जिनियर तिवारीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोत झुप्रा खोला, खरी खोला बोरी खोला, इत्राम खोला र खोर्के खोला मुहानमा अत्यधिक बाढी आएका कारण खानेपानी सेवा अवरुद्ध भएको हो। पानीको बहाव कम हुनेबित्तिकै खानेपानी पुनः वितरण गरिने उनले बताए।