१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले नेतृ गंगा चौधरीको स्वतन्त्र चुनाव लड्ने घोषण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:३४:oo

नेकपा एमालेकी नेतृ गंगा चौधरीले आफू स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफूले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । 

चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताएकी हुन् । चौधरी ०७४ को प्रतिनिधिसभामा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्।

उनले लेखेकी छिन् ‘आज मैले ठीक निणर्य गरेँ या बेठीक, मलाई थाहा छैन, राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागिरहनेछु, जनता भगवान् हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बीचमा आउँदै छु, हजुरहरूको साथ चाहिएको छ ।’

 

ad
ad