१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एएफसी यू- १७ : आज नेपाल र भियतनामबीच प्रतिस्पर्धा हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४७:oo

एएफसी यू– १७ को एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दै छ। आज नेपाल र आयोजक टिम भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुने भएको छ।

बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० गोलले पराजित भएको थियो। भियतनामले पहिलो खेलमा चाइनिज ताइपेईलाई ४–० गोल अन्तरले हराएको थियो।

समूह ‘एफ’ मा रहेको नेपाल अहिलेसम्म अंकविहीन अवस्थामा छ। भियतनाम तीन अंकसहित शीर्ष र थाइल्यान्ड दोस्रो स्थानमा छन्।

छनोट खेलअन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेईसँग खेल्नेछ। छनोटको समूह विजेता एसियन कपमा छनोट हुने छ भने उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्ने पाउने भएका छन्।

ad
ad