मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Friday, 11 July, 2025
२o७९ असोज १५ शनिबार १८:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनी भूभाग गाभ्ने रुसी निर्णयको पश्चिमाद्वारा व्यापक आलोचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार १८:४१:oo

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई विलय गर्ने घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसलाई छिटो र गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। 

उक्त कदमलाई अवैध भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधैँ युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमानाको सम्मान गर्ने र सैन्य र कूटनीतिक रूपमा आफ्नो देशलाई बलियो बनाएर आफ्नो क्षेत्रको नियन्त्रण पुनः प्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने  बताए।

यस्तै, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार युक्रेनी भूभाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुन र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लंघन भएको प्रतिक्रिया दिएका छन्। 

उनले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भूभाग फिर्ता लिन रुसविरुद्धको युद्धमा युक्रेनको साथमा रहेकोसमेत प्रतिबद्धता व्यक्त गरेका छन्। 
‘फ्रान्सले यसको विरोध गर्दछ, रुसी आक्रमणको सामना गर्न र युक्रेनलाई आफ्नो सम्पूर्ण भूभागमा पूर्णस्वामित्व स्थापित गर्न, सार्वभौमसत्ता पुनः प्राप्त गर्ने कदममा युक्रेनको साथमा उभिनेछ,’ उनले ट्विटरमा लेखेका छन् ।