महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन भएको छ। महाकवि देवकोटाको घरलाई पुनर्निर्माण गरी संग्रहालय बनाइएको हो।
झन्डै सात करोड लगानीमा पुनर्निर्माण भएको तीनतले संग्रहालयमा देवकोटाका कृति, श्रव्य–दृश्य सामग्री तथा उनले प्रयोग गरेका सामानहरू राखिएको छ। संग्रहालय भवन नेपाली मौलिकता झल्किने गरेर बनाइएको छ।