१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७९ असोज १४ शुक्रबार o६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार o६:४७:oo

हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रालि (भिस्तारा एयरलाइन्स)बीच एक सम्झौता भएको छ । बिहीबार भएको सम्झौताअनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टर कार्ड गोल्ड क्रेडिट कार्डवाहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटी चेक इन सुविधा प्रदान गर्ने भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्ज्वल राजभण्डारी र ट्राभल राइटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका छन् । विश्वभर प्रचलनमा रहेका प्रसिद्ध कार्ड ब्रान्डहरूजस्तै अमेरिकन एक्सप्रेस, मास्टर कार्ड, भिसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो ।

यसैगरी, भिस्तारा एयरलाइन्स भारतभित्र तथा बाहिर गरी ३९ गन्तव्यहरूमा आफ्ना ५० वटा वायुयानहरूबाट दैनिक दुई सय ५० भन्दा बढी उडानहरू सञ्चालन गर्दै आएको छ ।

ad
ad
ad
ad