मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १३ बिहीबार १७:५o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

ऐतिहासिक चलचित्र 'नालापानी'को ट्रेलर सार्वजनिक 

सोलो रिलिजको प्रबन्ध मिलाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १७:५o:oo

नेपाली ऐतिहासिक चलचित्र नालापानीको ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

चलचित्र सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका कप्तान बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित छ। दुई मिनेट ४१ सेकेन्ड लामो ट्रेलरमा नालापानी गढीमा अंग्रेज सेनाविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईंलाई देखाइएको छ। 

तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका छन्। ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको उल्लेख गरे। 

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार यस चलचित्रलाई सोलो रिलिजको प्रबन्ध मिलाउने प्रयास भइरहेको छ। चलचित्र विकास बोर्डले दुई वर्षअघि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलियालगायतको अभिनय रहेको छ। 

चलचित्रमा भिएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कविराज गहतराज तथा संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ। चलचित्रका एसोसिएट निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन्।