१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ई–रिक्साले विस्थापित भएका टाँगा फेरि चल्न थाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४७:oo

नेपालगन्जमा फेरि टाँगा चल्न थालेका छन्। ई–रिक्साले विस्थापित भएका टाँगाको माग बढेपछि फेरि चलाउन थालेको चालक बाबु खाँले बताए। उनले पछिल्लो समय नेपालगन्ज–रुपैडिया रुटमा दैनिक १२–१५ वटा टाँगा चल्ने गरेको बताए। चार वर्षअघि नेपालगन्जमा ५०–६० वटा टाँगा चल्थे। 

ई–रिक्सा आएपछि टाँगाप्रतिको आकर्षण घटेको थियो। नेपालगन्ज–रुपैडिया जाने यात्रुको रोजाइमा ई–रिक्सा भएपछि विगत चार वर्षदेखि टाँगा व्यवसाय बन्द थियो। ‘पहिले टाँगाको सहरको रूपमा नेपालगन्ज चिनिन्थ्यो। ई–रिक्सा भित्रिएपछि नेपालगन्जको पहिचान बनाएको टाँगा बन्द भए। माग बढेपछि फेरि सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ई–रिक्साभन्दा टाँगा चढ्नेको संख्या बढ्दो छ।’

काठमाडौं, पोखराबाट आएकाहरू टाँगाको मजा लिन चढेर रुपैडिया गएको अर्का टाँगा व्यवसायी बाबु खाँले सम्झिए। उनले नेपालगन्जको परिचय बनाएको टाँगालाई फेरि सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताए। ‘टाँगा व्यवसाय बन्द भएपछि कतिपयले ई–रिक्सा किनेर चलाउँदै छन्। कसैले अर्कै व्यवसाय अंगालेर जीविका चलाउँदै छन्,’ उनले भने। 

नेपालगन्जका ई–रिक्सालाई भारतीय प्रहरीले रुपैडिया जान प्रतिबन्ध लगाएपछि टाँगाको माग बढेको सफिक बेहनाले बताए। किनमेल र भारतबाट फर्किने नेपालीलाई हिँडेर जमुनाह आउनुपर्ने भएपछि बाध्यता भएर टाँगा चढ्न थालेको उनको भनाइ छ । ई–रिक्साले जमुनाहबाट धम्बोझीसम्म सय रुपैयाँ भाडा लिने गरेका छन्। रुपैडियाबाट जमुनाह आउन थप ४० रुपैयाँ लाग्छ। टाँगाले रुपैडिया–धम्बोझी भाडा ९० रुपैयाँ लिने गरेको सलमानले बताए।

टाँगाले एकपटकमा १० जनासम्म बोक्ने गरेको उनको भनाइ छ। नेपालगन्ज–इपैडिया रुटमा दैनिक १५–२० वटा रिक्सा चल्ने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका सह–इन्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले बताए। उनले तिज आसपासबाट टाँगा चल्न थालेको बताए।   
 

ad
ad