१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस फुङ्लिङ
२०७९ असोज १३ बिहीबार ११:२४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ताप्लेजुङमा पाथीभरा म्याराथन सुरु

Read Time : < 1 मिनेट
रासस, फुङ्लिङ
२०७९ असोज १३ बिहीबार ११:२४:००

ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ। ताप्लेजुङ पर्यटन महाेत्सवको अवसरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो।

पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन्। धावकले सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्टी, माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरी त्यही मार्ग भएर तोक्मेडाँडा आइपुग्नुपर्नेछ।

हाफ महिला म्याराथनतर्फ पनि यही मार्गको काफ्लेपाटी पुगेर फर्किनुपर्ने म्याराथन सञ्चालन समितिका संयोजक यिगेन्द्र गुरुङले बताए। खुलातर्फ प्रथम पुरस्कार रु. एक लाख ५१ हजार, द्वितीयलाई रु. एक लाख ११ हजार र तृतीयलाई रु. ५१ हजार तथा महिलातर्फ पहिलोलाई रु. ८१ हजार, द्वितीयलाई रु. ५१ र तृतीयलाई रु. ३१ हजार प्रदान गरिनेछ।

०७६ मा ताप्लेजुङमा पाथीभरा म्याराथन  प्रतियोगिता सम्पन्न भएको थियो। त्यसयता कोभिड– १९ का कारण प्रतियोगिता हुन सकेको थिएन। ०७६ मा खुलातर्फ सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले चार घन्टा १३ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका थिए। महिलातर्फ जुम्लाको पातारासी गाउँपालिकाकी सुनमाया बुढा क्षेत्री निर्धारित दूरी तीन घन्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भएकी थिइन्।