मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ असोज १२ बुधबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चाडपर्वलाई लक्षित गरेर उपत्यकाका १४ स्थानमा स्थापना गरियो यात्रु सहायता कक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १८:२८:oo

नजिकिँदै गरेको दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। दसैँ, तिहार तथा छठपर्वको समयमा आवतजावत गर्ने यात्रुहरूको चाप बढ्ने भएकाले यात्रुहरूलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।

बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कुराको जानकारी गराएको छ। कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागढुंगा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए। सो कक्षबाट २ वटा गुनासोसमेत सुनिएको उनले बताए। 

चाडपर्वलक्षित अनुगमन प्रहरी उपरीक्षकको कमान्डमा भइरहेको जनाइएको छ। दसैँ अवधिभर १ हजार ४६८ जना ट्राफिक प्रहरी खटाइने प्रवक्ता भट्टले बताए। प्रहरी नायब उपरीक्षकको कमान्डमा उपत्यकाका विभिन्न स्थानमा यात्रुबाहक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन हुने सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।