१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Sunday, 06 July, 2025
२o७९ असोज १२ बुधबार १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ मा डेंगु संक्रमण बढ्दै, तराईभन्दा पहाडी जिल्लामा धेरै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १७:४४:oo

पछिल्लो समय प्रदेश नम्बर १ मा डेंगु संक्रमण बढ्दै गएको छ। पूर्वी तराईसँगै पहाडी र हिमाली जिल्लाहरूमा यसको संक्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।

प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लामा हालसम्म ७६५ जनामा डेंगुको संक्रमण देखिएको छ। डेंगु संक्रमण तराईका जिल्लाका तुलनामा पहाडी र हिमाली जिल्लामा बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका मेडिकल ल्याब टेक्निसियन दिलीपकुमार सिंहका अनुसार प्रदेशमा सबैभन्दा बढी सुनसरी जिल्लामा १७१ जनामा तथा सबैभन्दा कम ताप्लेजुङ र इलाममा दुई-दुईजनामा संक्रमण देखिएको छ। हालसम्म प्रदेशमा डेंगु संक्रमणका कारण कसैको मृत्यु भने भएको छैन।

हालसम्म मोरङमा ७३, झापामा ८७ र उदयपुरमा ५१ जनामा डेंगु संक्रमण देखिएको छ। प्रदेशका पहाडी जिल्लामध्ये तेह्रथुममा सबैभन्दा बढी १४१ जनामा डेंगु देखिएको छ। त्यस्तै, संखुवासभामा १२५, धनकुटामा २९, ओखलढुंगामा २३ तथा पाँचथर र भोजपुरमा १२-१२ जनामा डेंगु संक्रमण पाइएको ल्याब टेक्निसियन सिंहले जानकारी दिए।

पछिल्लो समय जिल्ला अस्पताल धनकुटामा डेंगु संक्रमित आउने क्रम बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनीष शाहले बताए। अहिलेसम्म धनकुटामा २९ जनामा डेँगु संक्रमण देखिएको अस्पतालले जनाएको छ।