Skip This
विचार र प्रविधिलाई सँगसँगै लैजानुपर्छ : सभामुख सापकोटा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १२ बुधबार १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विचार र प्रविधिलाई सँगसँगै लैजानुपर्छ : सभामुख सापकोटा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १२:५१:oo

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले विचार र प्रविधिलाई सँगसँगै लैजानुपर्ने बताएका छन्। बुधबार सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०२२ का अवसरमा बबरमहलस्थित एक होटेलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नेपाल सरकारको आफ्नै डेटा प्रणाली सुरक्षित हुन नसकेको भन्दै सभामुख सापकोटाले सुशासनका लागि भ्रष्टाचार चुनौती बनेको उल्लेख गरे। भ्रष्टाचार नियन्त्रण गर्न गुणस्तरीय कानुन बनाउन नसकिएको स्वीकार गर्दै उनले साँचो अर्थमा देश विकासका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको संयोजन हुनु आवश्यक रहेको औँल्याए।

आफ्नो कार्यकाल थोरै समय बाँकी रहे पनि सूचनासँग सम्बन्धित विषयमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ‘मेरो कार्यकाल थोरै दिन मात्रै छ। तर, सूचनासँग सम्बन्धित विषयमा संसदबाट हुन सक्ने काममा मेरो सहयोग रहिरहने नै छ,’ उनले भने।

कार्यक्रममा सूचना आयुक्तहरू कमला ओली थापा, रत्नप्रसाद मैनालीलगायतको सहभागिता रहेको थियो।