Skip This
अमेरिकी सहायकमन्त्री एलिजाबेथ बुधबार नेपाल आउँदै  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ११ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ११ मंगलबार १३:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकी सहायकमन्त्री एलिजाबेथ बुधबार नेपाल आउँदै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ११ मंगलबार १३:४८:oo

अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडाे बुधबार नेपाल आउने भएकी छिन्। 

नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा उनी काठमाडौं आउन लागेको अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदानप्रदान कार्यक्रमका पूर्वसहभागीहरूसँग राउन्डटेबल छलफलमा सहभागी हुने कार्यक्रम छ। 

उनले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागिता जनाउने कार्यक्रम छ।

त्यसबाहेक उनले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूतको कोष (एम्बास्डर्स फन्ड फर कल्चरल प्रिजर्भेसन)को पनि स्थलगत भ्रमणमा जाने पनि कार्यक्रम छ। 

‘चीन र रुसले फैलाएका गलत सूचना’को प्रतिक्रिया दिनेसमेत कार्यक्रम छ। सबै मुलुकमा यो कार्यक्रम रहेको अमेरिकी विज्ञप्तिमा उल्लेख छ। 

उनले अफगानिस्तानमा जारी अमेरिकी सहयोग, सामाजिक न्याय, प्रेस स्वतन्त्रता तथा जलवायु परिवर्तनका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ। सार्वजनिक सरोकारका सबै व्यक्तिसँग उनले भेटवार्ता गर्ने कार्यक्रम छ।
 
युएईमा उनले पान अरब मिडिया आउटलेट तथा दुबई पब्लिक पोलिसी रिसर्च सेन्टरद्वारा आयोजित कार्यक्रममा भाग लिनेछिन्। 

उज्वेकिस्तानमा उनले वेवस्टेर विश्वविद्यालयमा सार्वजनिक सञ्चारमाध्यमबारे अध्ययनरत विद्यार्थीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ। 

किर्गिज रिपब्लिकमा उनले सरकारी अधिकारी, विकास साझेदार, सामाजिक सञ्जालका चिनिएका व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम छ।