मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ११ मंगलबार १०:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आजबाट खसीबोका परीक्षण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ११ मंगलबार १०:०९:००

नेपालीहरूको महान् चाड विजयादशमी नजिकिएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । सरकारले आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको जनाएको छ । परीक्षणका लागि ५० जना पशु चिकित्सकको टोली खटिनेछ । परीक्षण कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारीलगायत क्षेत्रमा हुनेछ ।