मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कमलराज भट्ट काठमाडौं
२०७९ असोज ९ आइतबार १६:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०७९ असोज ९ आइतबार १६:४९:००

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयक आज प्रमाणीकरण गरेकी छिन् । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएका सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । 

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।