मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार १४:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश मन्त्रीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार १४:००:००

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। कैलालीको धनगढी– ९ स्थित शिव माविमा उनले राहत शिक्षकका रूपमा काम गरेकी थिइन्। 

बोर्ड अफ सेकेन्डरी इजुकेसन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।