१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Sunday, 06 July, 2025
२o७९ असोज ७ शुक्रबार ११:o९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘नालापानी’को टिजर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार ११:o९:oo

आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथामा निर्माण भएको नेपाली फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको एक मिनेट ४१ सेकेन्डको टिजरमा अंग्रेज फौजसँग नेपालीले लडेको युद्धलाई देखाइएको छ।

टिजरमा ब्याकग्राउन्ड स्कोर र युद्धका सिन जबर्जस्त छ। रिमेश अधिकारी निर्देशित फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर निर्माण भएको हो।

चलचित्र विकास बोर्डले दुई वर्षअघि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। प्राडा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्राडा धनराज कुँवर, प्राडा त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्राडा सुरेन्द्र केसी, पूर्वसहायक रथि डा. प्रेमसिंह बस्न्यातहरूसँग पटकपटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फाेट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन, सामलगायतका कलाकारको अभिनय छ। ‘नालापानी’का एसाेसियट निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन्।