मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज ६ बिहीबार ११:३४:००
Read Time : < 1 मिनेट
सप्तरंग

सम्झनामा राजु श्रीवास्तव

अटो रिक्सा चलाउँदा पनि यात्रु हँसाउँथे

Read Time : < 1 मिनेट
२०७९ असोज ६ बिहीबार ११:३४:००

चर्चित कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । १० अगस्टमा जिम गर्दैगर्दा उनलाई हर्ट एट्याक आएको थियो । त्यसपछि दिल्लीस्थित एम्स अस्पतालमा उनलाई भर्ना गरियो । उपचारका दौरान राजुको अवस्थामा सुधार पनि आएको थियो । तर, फेरि बिग्रियो । एक महिनाभन्दा लामो समयसम्म भेन्टिलेटरमा बसेपछि अन्ततः बुधबार राजुको निधन भएको छ । 

करिअरको सुरुवातमा निकै संघर्ष गरेका राजुले निधनअघिसम्म आफूलाई भारतकै सफल कमेडियनको सूचीमा उभ्याइसकेका थिए । लखनउको कानपुरस्थित एक मध्यमवर्गीय परिवारमा जन्मिएका राजु १९८२ मा कलाकार बन्ने सपना देखेर मुम्बई आएका थिए । यहाँ उनीसँग बस्ने घर र खाने पैसा दुवै थिएन । त्यहीकारण उनले पैसाका लागि यहाँका सडकमा अटो दौडाए । उनी त्यतिवेला पनि यात्रुलाई हँसाउने गर्दथे ।

यसरी ४–५ वर्षसम्म उनले संघर्ष गरे । उनको स्टाइलबाट प्रभावित भएका एक यात्रुले एक दिन उनलाई स्टेज प्रस्तुतिका लागि बोलाए । र, त्यसबापत ५० रुपैयाँ पनि दिए । यस प्रस्तुतिबाट राम्रो प्रतिक्रिया पाएपछि राजुले लगातार स्टेज सो गर्न थाले । उनी स्टेज सोमा अमिताभ बच्चनको पनि नक्कल गर्थे । यसपछि मानिसहरूले उनको लुक्सलाई अमिताभसँग तुलना गर्न थाले । १९९४ मा ‘टी टाइम मनोरञ्जन’  नामक टेलिभिजन सोमा पहिलोपटक राजु देखिए । यसपछि उनले ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को पहिलो सिजनमा तेस्रो स्थान हासिल गरे ।

यो सोले नै उनलाई चर्चित बनायो । यसपछि उनी राजु कमेडीका महा मुकाबला, कमेडी सर्कस, देख भाइ देख, लाफ इन्डिया लाफ, कमेडी नाइट विथ कपिल, द कपिल शर्मा सोलगायत विभिन्न सोको हिस्सा बने । राजुले यस अवधिमा थुप्रै चलचित्रमा पनि अभिनय गरे । जसमध्ये मैने प्यार किया, बाजिगर, आम्दनी अठन्नी खर्च रुपैयाँ, वाह तेरा क्या कहेना, बम्बे टु गोआलगायत फिल्म 
चर्चित छन् ।