मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ५ बुधबार ११:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ५ बुधबार ११:५९:००

नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक सुरु भएको छ । बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुईदिने बैठक सुरु भएको हो ।

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेजअगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा, टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोसी भण्डारण सहडाइभर्सन योजनाबारे छलफल हुनेछ ।

त्यस्तै, कोसी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोसी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूबारे छलफल हुनेछ । नेपालबाट भारत बहने अन्य नदीहरूको डुबान र कटानका समस्याहरू, खाँडो, वाँणगंगा र पश्चिम राप्ती नदीहरूमा  नयाँ उठाइएका कामहरूको स्थितिबारे पनि छलफल हुने बताइएको छ ।

नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरूबारे  छलफल हुनेछ ।