१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Thursday, 03 July, 2025
२o७९ असोज ३ सोमबार १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यकर्तालाई कमल थापाकाे निर्देशन- चुनावी माहाेल बनाउन जनतामाझ जानुस्  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १५:२३:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी मंसिर ४ मा हुने चुनावमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। 

गृहजिल्ला मकवानपुरमा रहेका अध्यक्ष थापाले केन्द्रीय सचिवालयको भर्चुअल बैठकमार्फत चुनावकेन्द्रित अभियान सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। 

उनले भ्रष्टाचार, बेरोजगारी, कुशासन, धर्मपरिवर्तनलगायतका विषयलाई जोडतोडका साथ उठाउन आग्रह गरे। 

अहिले पार्टी र विचार स्थापित गर्ने विषय महत्त्वपूर्ण भएकाले  बैठकले पार्टीलाई केन्द्रमा राखेर जान सम्पूर्ण पंक्तिलाई आग्रह गरे । 

राष्ट्रियता कमजोर हुँदै गएको, विदेशी शक्तिहरूको दबाब र प्रभाव बढ्दै गएको अवस्थामा राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्ने थापाको जोड थियो।

मुलुकमा सर्वसत्तावादी चिन्तन र मानसिकता हाबी भएको, गठबन्धनको नाममा सिन्डिकेट खडा गरेको भन्दै थापाले तीव्र आलोचना गरेका थिए। 

भर्चुअल बैठकमा केन्द्रीय पदाधिकारीसहित सचिवालय सदस्यहरूको सहभागिता रहेको  महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।