मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २ आइतबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २ आइतबार o७:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरसफाइ अभियन्ता अमात्यको हृदयाघातबाट निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार o७:o१:oo

अमात्यको शुक्रबार राति ४९ वर्षको उमेरमा निधन

दिगो सरसफाइका अभियन्ता प्रकाश अमात्यको हृदयाघातका कारण निधन भएको छ । एक दशकभन्दा बढी समयदेखि सरसफाइ र खानेपानीको क्षेत्रमा समाजसेवा गर्दै आएका अमात्यको शुक्रबार राति ४९ वर्षको उमेरमा निधन भएको हो । उनले विशेष गरी शौचालयजन्य फोहोर व्यवस्थापन, अकासेपानीको संकलन र पुनर्भरण, दिसाजन्य लेदो व्यवस्थापन र अव्यवस्थित बस्तीमा खानेपानी शुद्धीकरणका क्षेत्रमा काम गर्दै आएका थिए । 

अमात्यको नेतृत्वमा एरोसनले काठमाडौं र ललितपुरमा गरी आठवटा स्मार्ट शौचालय निर्माण गरेको छ, जसमध्ये पाँचवटा काठमाडाैं महानगर र तीनवटा ललितपुरमा सञ्चालनमा छन् । दिगो सरसफाइका लागि दिसाजन्य फोहोर व्यवस्थापनलाई मान्यता दिँदै आएका अमात्यको स्मार्ट शौचालय परियोजनाले सन् २०२१ मा स्विडेनको राजधानी स्टकहोममा आयोजना गरिएको सरफाती सेनिटेसन च्यालेन्ज प्रतियोगितामा एरोसनको स्मार्ट शौचालय विश्वकै उत्कृष्ट पाँचमा परेको थियो । 

अंपागमैत्री, महिलामैत्री, तेस्रोलिंगीमैत्रीसँगै शौचालयबाट उत्पन्न बायोग्यासको प्रयोगबाटै खाना पकाउनेसमेत व्यवस्था गरिएको स्मार्ट शौचालयले काठमाडाैं उपत्यकामा चर्चा पाएको थियो । खासगरी शौचालय प्रयोगका लागि अकासेपानी संकलन गर्ने र पुनर्भरण गरेर शौचालय प्रयोगमा ल्याइएको थियो ।

यसबाहेक शौचालयजन्य फोहोर व्यवस्थापनमा परम्परागत सरसफाइको काम गर्दै आएका समुदायलाई नै संलग्न गराइएको थियो । परम्परागत रूपमा सरसफाइको काम गर्दै आएका समुदायको आयवृद्धि स्तरोन्नतिका लागि सहकारीसमेत स्थापना गरी रोजगारी सिर्जना गरेका थिए । अमात्यले दिसाजन्य फोहोर व्यवस्थापनका लागि बायोग्यास उत्पादन गरी प्रयोगको सुरुवातसमेत गरेका थिए ।