मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १ शनिबार
  • Saturday, 12 July, 2025
मनीष खड्का रुकुम पश्चिम
२o७९ असोज १ शनिबार १४:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा खोरेत रोगविरुद्धको खोप अभियान सुरु

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o७९ असोज १ शनिबार १४:१८:oo

रुकुम पश्चिममा खोरेत रोगविरुद्धको खोप अभियान सुरु भएको छ। जिल्लाभरका पशुलाई खोप दिने उद्देश्यसहित शनिबारबाट खोप अभियान सुरु गरिएको हो। पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको खोप सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले खोप अभियान सुरु गरेको हो।

मुसीकोट नगरपालिका वडा नम्बर २ कालच्युरीमा रहेको सिद्धबाबा कृषि फर्ममा रहेका गाई, भैँसीलाई खोप दिएर अभियानको सुरुवात गरिएको छ। आजबाट सुरु भएको खोप अभियान असोज ९ गतेसम्म जिल्लाभर सञ्चालन हुने पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए।

उनका अनुसार घरघरमै पुगेर घरपालुवा पशुलाई खोरेत रोगविरुद्धको खोप दिइनेछ। यसका लागि जिल्लाका सबै पालिकामा ३५ खोपकर्ता परिचालन गरिएको छ। जिल्लाका ६ स्थानीय तहका करिब ५० हजार पशुलाई खोरेत रोगविरुद्धको खोप दिने लक्ष्य राखिएको शर्माको भनाइ छ। 

अभियानका लागि पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ४० हजार खोप सहयोग गरेको छ भने १० हजार खोप पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले व्यवस्था गरेको छ। जिल्लाभर अभियानकै रूपमा कर्णाली प्रदेशमै पहिलोपटक खोरेतविरुद्धको खोप अभियान सञ्चालन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ।