१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३१ शुक्रबार
  • Saturday, 28 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ३१ शुक्रबार १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिंगाे कर्णाली पाल्न सक्ने राराले दुई-चारवटा बँदेल पालेर हुँदैन, निकुञ्ज हटाइयोस् : सांसद महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ३१ शुक्रबार १४:१९:oo

प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले राराको निकुञ्जलाई हटाएर मानिसलाई बसोवास गर्न दिनुपर्ने बताएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै उनले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास र व्यवसाय गर्न दिन माग गरे। रारा क्षेत्रले सिंगो कर्णालीलाई पाल्न सक्ने भन्दै महतले निकुञ्ज अन्यत्र सारे झन्डै १० लाख मान्छेले रोजीरोटी पाउने दाबी गरे। 

‘निकुञ्जलाई पूर्वतिर लानुपर्‍याे, त्यहाँको जनताको आवाज छ। त्यहाँ सिंगो कर्णालीलाई पाल्न सक्ने राराले दुई–चारवटा बँदेल पालेर हुँदैन। आउने सदनले हेक्का राखोस् कर्णालीको रारा निकुञ्जलाई मुगुको पूर्वतिर सारोस्,’ उनले भने, ‘त्यहाँ पाँच लाखदेखि दश लाख मान्छेले रोजीरोटी पाउँछन्। रोजगार पाउनेछन् ।’