मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३१ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ३१ शुक्रबार १३:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिवेदनको खाका तयार छ, आज निष्कर्ष खण्ड टुंगिन्छ : सांसद विश्वकर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ३१ शुक्रबार १३:१४:oo

महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोगको प्रतिवेदनकाे खाका तयार भएको बताएका छन्। शुक्रबार बसेको समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सबै तथ्य र प्रमाण संकलन र अध्ययन गरेर प्रतिवेदनको खाका तयार गरेको बताए।

‘कसुर गरेबापत प्रतिनिधिसभाले संसदमा दर्ता गरेको महाभियोग हो। यसबारे छानबिन चलिराखेको छ। छानबिनमा उहाँको बयान सकिसकेका छौँ । उहाँले पोलेका र बोलेका विषयमा पनि हामीले सोधपुछ गर्ने क्रम सम्पन्न गरिसकेका छौँ,’ विश्वकर्माले भने। उनका अनुसार प्रतिवेदनको निष्कर्ष खण्ड आजै लेख्ने तयारी भइरहेको छ।

समितिले सैद्धान्तिक पक्षका तथ्यलाई लिएर निष्कर्षमा पुग्ने उल्लेख गर्दै सांसद विश्वकर्माले प्राविधिक विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सम्बन्धित निकायले हेर्ने प्रस्ट पारे।

‘केही कुरा अध्ययन गर्न बाँकी हुन सक्छ। जस्तो भवन निर्माण सम्बन्धमा अख्तियारले हेर्नुपर्ने कुरा,  वीरगन्जको पोखरीको फैसलालगायत जुन भ्रष्टाचारका कुरा छन्, सम्पत्ति शुद्धीकरणका कुरा छन्, अकुत सम्पत्तिका कुरा छन्, यी विषय हाम्रो प्राविधिक क्षमताले धान्ने कुरा भएन,’ उनले भने, ‘हामी सैद्धान्तिक पक्षमा भएका तथ्य, प्रमाण र घटनालाई लिएर एउटा साझा निष्कर्षमा पुग्छौँ र आज टुंग्याउँछौँ।’