मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ३१ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ भदौ ३१ शुक्रबार १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा सशस्त्र प्रहरीका एक जवानको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३१ शुक्रबार १२:१o:oo

सिराहामा सशस्त्र प्रहरीका एक जवानको शव फेला परेको छ। रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको हो । सिराहा नगरपालिका– २१ लगडीगोठ बिओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका– ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको हो ।

सशस्त्र प्रहरी बल ७ नम्बर गण हेडक्वार्टर सिराहाका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले शव रूखमा झुन्डिएको अवस्थामा फेला परेकोले थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई जिम्मा दिइएको बताएका छन् ।

आज बिहान साढे ६ बजेतिरको समयमा घटना भएको र घटनाको मुचुल्का गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी (डिएसपी) सुवास बुढाथोकीले जनाएका छन्। बिहान साथीहरूसँगै ड्युटीमा निस्किएका उनी ‘सौच’ गर्न रूख भएको बगैँचातिर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।