मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमलराज भट्ट काठमाडौं
२०७९ भदौ ३० बिहीबार २०:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोलेन्द्र अर्को चाल चल्दै छन् : थापा

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०७९ भदौ ३० बिहीबार २०:३७:००

वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अर्को चाल चल्न थालेको जिकिर गरेका छन्। महाभियोग सिफारिस समितिसमक्ष बिहीबार थापाले यस्तो जिकिर गरेका हुन्। 

समितिमा बयान दिने क्रममा जबराले थापालगायतका वरिष्ठ कानुन व्यवसायीहरूलाई आरोपित गरेका थिए। बिहीबार समितिले थापासहित जबराले नाम लिएका कानुन व्यवसायीहरूलाई बोलाएको थियो।

‘चतुर प्रधानन्यायाधीश जबरा अर्काे चाल चल्दै छन्,’ थापाले भने, ‘एउटा राजनीतिक  दललाई विश्वासमा लिएर महाभियोगबाट उम्किन्छु भन्ने उनले ठानेका छन्। त्यही भएर यत्रो विधि गरे।’ 

थापाले जेठानलाई मन्त्री बनाएर राणाले भागबन्डा लिएको पनि जिकिर गरे। ‘असार २८ को फैसला मैले नै जिताइदिएको हो भन्दै मलाई देऊ भनेर सत्तागठबन्धनमा भन्नुभयो। त्यसपछि अब जबराले हामीलाई कहाँ बेच्ने हो, कहाँ फसाउने हो भनेर न्यायाधीशहरूले बेन्च सेयर गरेनन्,’ उनले भने, ‘जेठानलाई मन्त्री बनाउन उनले भागबन्डा खोजेको देखिने गरी सार्वजनिक भएपछि सर्वाेच्च बारले चासो राखेको थियो। मन्त्री नबन्दै उनले चर्चा गरिएका व्यक्ति मेरै जेठान हो भन्ने कसरी थाहा पाए? भागबन्डा त लिएकै हो।’

उनले राणाविरुद्धको महाभियोग पास गर्ने नगर्ने सांसदहरूको न्यायिक र गणतान्त्रिक विवेक भएको बताए। 

उनले संवैधानिक इजलासमा कनिष्ठहरूलाई राखेर मनलाग्दी गरेको पनि बताए। ‘संवैधानिक इजलासमा ४ नम्बर, ८ नम्बर र १० नम्बरको न्यायाधीश राखेर कस्तो मनलाग्दी ? प्रधानन्यायाधीश यस्तो होइन कि जे पायो त्यही गर्ने, यो त क्याबिनेट सिस्टम होइन, जुडिसियरी हो नि। प्रधानमन्त्रीले जस्तो निर्णय गर्ने कुरा पाइँदैन,’ थापाले भने।