मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ ३० बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ३० बिहीबार १o:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनताले देशको चाबी माओवादीलाई सुम्पिन चाहेका छन् : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ३० बिहीबार १o:४५:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी गरे । 

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीति कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताए। उनले माओवादी नेता–कार्यकर्ताहरूले जनताको बीचमा जानुपर्ने कुरालगायतका जनमुखी काम गर्न मिहिनेत नगरेको पनि बताए । उनले पार्टीभित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आगामी निर्वाचनमा माओवादी केन्द्र नै पहिलो कम्युनिस्ट पार्टी बन्ने बताए ।

पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितका लागि आवश्यक मिहिनेत गर्नुपर्ने बताए । उनले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकताबद्ध ढंगले पार्टी अघि बढ्ने बताए । उनले माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनै पनि वेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरे । 

अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रलाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले पार्टीभित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यकता रहेको बताए । समाजवादका लागि कम्युनिस्टहरूबीचमा एकताको आवश्यक रहेको भन्दै अध्यक्ष प्रचण्डले  व्यावहारिक संघर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उल्लेख गरे ।