प्रतिनिधिसभा र प्रदेश सभामा हाल समानुपातिकबाट सांसद रहेका कांग्रेस नेताहरू पुनः समानुपातिकमा उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेसको विधानमा भएको व्यवस्थाअनुसार हाल समानुपातिक सांसद रहेकाहरू पुनः समानुपातिकमै उम्मेदवार बन्न नपाउने भएका हुन् ।
कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा पार्टीकातर्फबाट समानुपातिक आधारमा यसअगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधिसभा र प्रदेश सभाको सदस्य पदमा पार्टीकातर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
त्यस्ता व्यक्ति प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार भने हुन सक्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।