१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २८ मंगलबार १६:५१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘सायरा’को घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार १६:५१:oo

चलचित्र ‘सायरा’को निर्माण घोषणा गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गरिएको हो।

बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहने चलचित्रमा नेपाली ब्यानर डिबिआर मिडिया एन्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहनेछ।

नेपाली चलचित्र निर्माणमा सहकार्य गर्न पाउँदा आफू निकै उत्साहित भएको निर्देशक झाले बताए। ‘नेपाली चलचित्र बनाउने इच्छा थियो, अहिले यो सहकार्य हुँदा उत्साहित छु। नेपाली चलचित्रलाई हिन्दी भाषामार्फत विश्वबजारमा लैजाने मसहित टिमको तयारी छ। हामीले यसलाई हलसँगै ओटिटी पनि रिलिज गर्नेछौँ,’ उनले भने।

त्यस्तै, कलाकार विशाल देसाईले यस चलचित्रमा निर्देशकको भूमिकामा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताए। ‘मलाई निर्देशकको रूपमा चयन गर्नुभएकोमा उत्साहित छु। हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्नेछौँ,’ उनले भने।

चलचित्रमा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपालीलगायत नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ। दसैँ र तिहारको बीचमा छायांकन हुने ‘सायरा’को ९० प्रतिशत काम अस्ट्रेलिया र बाँकी काम नेपालमा हुने बताइएको छ। चलचित्रको कार्यकारी निर्माताको रूपमा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा रहेका छन्।