Skip This
रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता लिएको दाबी  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Thursday, 19 September, 2024
२o७९ भदौ २८ मंगलबार o९:oo:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता लिएको दाबी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार o९:oo:oo

रुसले कब्जा गरेका २० बस्ती फिर्ता लिइएको युक्रेनले दाबी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरू फिर्ता लिने आक्रामक रणनीतिअन्तर्गत ती २० बस्ती फिर्ता लिइएको किभले बताएको छ ।

‘पछिल्लो २४ घन्टामा हाम्रा सुरक्षाकर्मीले रुसले कब्जा गरेका २० बस्तीहरू फिर्ता गराएका छन् । त्यहाँ अहिले हाम्रो पूर्ण नियन्त्रण छ,’ युक्रेनी सेनाका एक अधिकारीले भनेका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा पछिल्लो सातायता रुसी सुरक्षाकर्मीविरुद्ध सफलता हासिल गरिरहेको युक्रेनी सेनाको दाबी छ ।

उनीहरूले इज्युम, कुपियन्स्क, बालाक्लियालगायत ठाउँ यसअघि नै फिर्ता लिइसकेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जोलेनेस्कीले पनि जापोरिझझिया, डिनिप्रोपेट्रोभ्स्क र सुमीका केही क्षेत्र फिर्ता लिइएको दैनिक सम्बोधनका क्रममा आइतबार जानकारी दिएका थिए ।