![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Balkrishna-chapagain2022-09-11-11-56-10.jpeg)
एकीकृत समाजवादी पार्टीका केन्द्रीय अर्थ तथा योजना विभाग उपप्रमुख डा. बालकृष्ण चापागाईं एमाले प्रवेश गरेका छन्।
एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष विष्णु पौडेलको उपस्थितिमा बालकोटस्थित निवासमा चापागाईंलाई पार्टीमा स्वागत गरे। प्रेस चौतारी नेपालका पूर्वअध्यक्षसमेत रहेका चापागाईं एमाले विभाजनसँगै एकीकृत समाजवादीमा लागेका थिए।