१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दाङमा माओवादीद्वारा समानुपातिकमा ४२ जना सिफारिस, प्रत्यक्षतर्फ अनिर्णीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:२४:oo

नेकपा (माओवादी केन्द्र) दाङले समानुपातिकमा ४२ जनाको नाम सिफारिस गरेको छ। मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि दाङबाट ४२ जनाको नाम सिफारिस गरेको पार्टीका जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिए।

आचार्यका अनुसार प्रतिनिधिसभामा १६ र प्रदेश सभामा २६ गरी ४२ जनालाई समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरिएको हो। प्रतिनिधिसभातर्फ सिफारिस हुनेहरूमा नारायणी शर्मा (खसआर्य/महिला), शुष्मा शर्मा घिमिरे (खस/आर्य/महिला), शेषुराम भण्डारी (खसआर्य/अपाङ्ग), लुमबहादुर कार्की (खसआर्य), कुदबुद्धिन फारुकी (मुस्लिम), चुरामणि नेपाली (दलित), मोहन थापा (आदिवासी/जनजाति) पर्शुनारायण श्रेष्ठ (आदिवासी/जनजाति), डोमाकान्त कवर मगर (आदिवासी जनजाति), नरबहादुुर वली (खसआर्य), चन्द्रप्रकाश भट्टराई (खस आर्य), टंक बिष्ट (खसआर्य), सृजना चौधरी (थारू), सिपी शर्मा (खसआर्य तथा घाइते), खुसीराम चौधरी (घाइते तथा थारू) र आरडी यादव (मधेसी) रहेका छन्।

त्यस्तै, रामबहादुुर दहित (थारू/अपांग), दामा शर्मा (खस आर्य/महिला), पुनम शेरपाईली (दलित/महिला), प्रमिता चौधरी (थारु/महिला), मिस्त्रीलाल गुुप्ता (मधेसी), सद्दाम सिद्धिकी (मुस्लिम), खर्के सुनार (दलित), मानसिंह सुनार (दलित), जगवीर चौधरी (थारू), मीना बुढा (आदिवासी जनजाति) र सुशीला केसी (खस आर्य महिला) रहेका छन्।

सुशीला चौधरी (थारू/महिला), हिरालाल चौधरी (थारू), पुण्यप्रसाद चौधरी (थारू), पुष्पा यादव (मधेसी/महिला), रवि थापा (खस आर्य/घाइते), हिरा खड्का (खस आर्य/महिला), फणिन्द्र केसी (खस आर्य/पुरुष), अमर कुँवर (खस आर्य/पुरुष), अमर नेपाली (दलित), झपेन्द्रसिंह चित्रकार (दलित), गौमती पुन (आदिवासी/जनजाति), दयाजी रोकामगर (आदिवासी/जनजाति) र शान्तराज पन्थी (खस/आर्य)लाई पनि माओवादीले समानुपातिक सिफारिस गरेको छ।

जिल्लामा माओवादी केन्द्रले प्रत्यक्षतर्फका उम्मेदवारको नाम भने सिफारिस गर्न सकेको छैन। आइतबार बस्ने बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्नेछ। यसअघि एमाले र कांग्रेसले उम्मेदवार सिफारिस गरिसकेका छन्। दाङमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ।

ad
ad