१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

समाचार लेखेको भन्दै नयाँ पत्रिकाकर्मी घिमिरेलाई धम्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:५८:oo

समाचार लेखेको विषयलाई लिएर निर्माण व्यवसायी विनोद थापाले नयाँ पत्रिकाका झापा संवाददाता चिरञ्जीवी घिमिरेलाई धम्की दिएका छन् । राप्रपानिकट युवा संगठनका नेतासमेत रहेका थापाले नदीको अवैध दोहनसम्बन्धी समाचार लेखेको भन्दै पत्रकार घिमिरेलाई आइतबार टेलिफोनमा गालीगलौज गर्दै धम्की दिएका हुन् ।

नयाँ पत्रिकाको अनलाइन संस्करणमा शनिबार ‘जनप्रतिनिधिकै सहयोगमा मावा नदीको अवैध दोहन, स्थानीयलाई ठेकेदारको धम्की’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि थापाले घिमिरेलाई फोन गरी आफूले जे पनि गर्न सक्ने भन्दै धम्की दिएका छन् । धम्कीपछि घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा शान्ति सुरक्षा र दोषीलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय, दमकका डिएसपी निसान थापाले निर्माण धम्की दिने व्यक्तिलाई सोमबार उपस्थित गराएर छलफल गरिने बताए । 

यस्तै, पत्रकार घिमिरेलाई दिएको धम्कीप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ कोशी, नेपाल पत्रकार महासंघ झापा, पत्रकार मञ्च दमकलगायत विभिन्न संघसंगठनले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका छन् ।

उनीहरूले पत्रकारलाई हतोत्साहित गर्न डर र धम्की देखाउने कार्यको भत्र्सना गर्दै अभद्र व्यवहार गर्ने थापामाथि कानुनी कारबाहीको माग गरेका छन् । ‘पत्रकारले लेखेको समाचारमाथि चित्त नबुझे कानुनी उपचारमा जाने मार्ग र निकाय हुँदाहुँदै पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्ने मार्गमा हतोत्साहित गर्ने, डर देखाउने, धम्की दिनेजस्ता कार्य प्रेस स्वतन्त्रतामाथिको प्रहार हो भन्ने महासंघको ठम्याइ छ,’ पत्रकार महासंघ झापाको विज्ञप्तिमा उल्लेख छ ।

ad
ad