मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Sunday, 13 July, 2025
२o७९ भदौ २४ शुक्रबार १३:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्ला पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार १३:३२:oo

जुम्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। यहाँका आठवटै स्थानीय तहका सम्पूर्ण बालबालिकाले सबै खोप पाएपछि बिहीबार पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन्।

मुख्यमन्त्री शाहीले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा हुनुले जुम्लाको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार भएको अर्थ्याए। उनले विकासका लागि हरेक नागरिक सक्षम, सबल र स्वस्थ हुन जरुरी रहेको उल्लेख गर्दै भने, ‘नागरिक स्वस्थ नभई मुलुक स्वस्थ हुन सक्दैन। जुम्ला जिल्ला शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकासले हिसाबले प्रदेशकै अग्रणी भूमिकामा  रहेको छ। पूर्णखोप सुनिश्चितता एक उदाहरण हो।’

कर्णाली प्रदेश सरकारका पूर्वाधार विशेष कार्यक्रमको छलफलका लागि जुम्ला पुगेका मुख्यमन्त्री शाहीले जुम्ला हरेक दृष्टिले विकसित हुँदै गएको बताए। जुम्लाको विकासका लागि कर्णाली प्रदेश सरकारले चालू आवको बजेटमा पहिलो प्राथमिकता दिएकोसमेत उनले बताए।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदम रोकायाले कुनै समय सिटामोल नपाएर मृत्यु स्वीकार गर्ने जुम्ला पूर्णखोप सुनिश्चितता घोषणा हुनु गौरवको कुरा भएको बताए। जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका दुई हजार नाै सय ७५ घरधुरीको सर्वेक्षण गर्दा पूर्ण खोपको पहुँचमा दुई हजार नाै सय ७५ जना नै पूर्णखोपको पहुँचमा पुगेका छन्। खोपको लक्ष्य दुई हजार पाँच सय ३७ जना तोकिएको थियो।

लक्ष्य भन्दा चार सयजना बढी व्यक्ति खोपको पहुँचमा पुगेपछि जुम्लालाई पूर्णखोप सुनिश्चितता  जिल्ला घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनका अनुसार जुम्लाका जन्मदेखि एक वर्ष उम्मेर समूहका सम्पूर्ण बालबालिका (दुई हजार नाै सय ७५ जना)ले सम्पूर्ण खोप पाइसकेका छन्।

पूर्णखोप जिल्ला घोषणा गर्ने लक्ष्यअनुसार अभियानकै रूपमा जिल्लाभरि एक सय २४ वटा खोप केन्द्र सञ्चालन गरी खोप दिइएको थियो। सो क्रममा मानव जीवनका लागि खोप अति नै महत्वपूर्ण रहेको कुरासमेत समुदायस्तरमा सिकाइएको छ। पूर्णखोप अभियानमा स्वास्थ्य शाखाका जनशक्ति, महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित भएका थिए।