मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २४ शुक्रबार ०९:३४:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

डोल्पा र हुम्ला घुम्न मन छ : प्रदीप खड्का, अभिनेता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २४ शुक्रबार ०९:३४:००

मैले सिनेमाको चरित्रमा कर्णालीको जीवन भोग्न पाएँ । हामीले कर्णालीबाट धेरै कुरा सिक्नुपर्ने रहेछ भन्ने महसुस भयो । जुम्लाको मौलिक संस्कृतिले आकर्षित गर्‍यो । मलाई अझै नेपालका विभिन्न स्थानहरू घुम्न मन छ ।

जुन ठाउँमा गए पनि त्यहाँको समाज र रहनसहन बुझ्न पाइन्छ । मैले नेपालको घुम्नुपर्ने ठाउँहरू धेरै छन् । जसमध्ये कतिपय ठाउँ घुमिसकेको छु । पूर्वको ताप्लेजुङ, पाँचथर, धरानलगायत मेची–कोसी हाइवेआसपासका जिल्लाहरूमा म पुगेको छु । सोलुखुम्बुको लुक्लाआसपासका ठाउँहरू पनि पुगिसकेको छु । 

मलाई मनाङ–मुस्ताङ घुम्न मन छ । त्यहाँको प्राकृतिक सौन्दर्यलाई नजिकबाट नियाल्ने अवसर मिलेको छैन । अब मनाङ र मुस्ताङका केही ठाउँमा घुम्ने योजनामा छु । कुनै चित्रमा देख्नु र प्रत्यक्ष अनुुभूत गर्नु फरक रहेछ ।

मलाई घुम्न मन लागेका अन्य जिल्ला डोल्पा र हुम्ला हुन् । त्यहाँको समाजलाई प्रत्यक्ष रूपमा अनुभव गर्न मन छ । त्यस्तै, सुदूरपश्चिम पनि जान पाएको छैन । त्यहाँका जिल्लाहरू घुम्न मन छ ।