मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २४ शुक्रबार ०७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लोकसेवाले परिमार्जन गर्‍यो लिखित परीक्षाको अंकभार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २४ शुक्रबार ०७:२२:००

लोकसेवा आयोगले खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र अंकभार परिमार्जन गरेको छ । आयोगले चालू आव ०७९/८० देखि हुने विज्ञापनमा लागू हुने गरी अप्राविधिकतर्फ शाखा अधिकृत, नायब सुब्बा र खरिदार वा सोसरहको प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र अंकभारमा संशोधन गरेको हो ।

अब यी पदका पहिलो पत्रमा प्राप्त अंकको ५० प्रतिशत मात्र दोस्रो पत्रमा जोडिने भएको छ । उदाहरणका लागि नायब सुब्बा पदमा लिखित परीक्षाको पहिलो पत्रमा कुनै उम्मेदवारले ६० अंक ल्याएमा यसको ५० प्रतिशत अंक मात्र दोस्रो पत्रमा जोडिनेछ । यसअघि पहिलो पत्रमा प्राप्त शतप्रतिशत अंक दोस्रो पत्रमा जोडिँदै आएको थियो । ‘मुख्य परीक्षा (दोस्रो पत्र)भन्दा वस्तुगत निर्णायकजस्तो हुन थालेपछि अंकभार संशोधन गरिएको हो,’ लोकसेवाका प्रवक्ता तोयनारायण ज्ञवालीले भने । 

आयोगले अप्राविधिकतर्फ, सहसचिव वा सोसरह पदको द्वितीय चरणको सक्षमता परीक्षाअन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णांक पनि घटाएको छ । यसअघि द्वितीय चरणको सक्षमता परीक्षाअन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णांक ५० अंक रहेकामा २० ले घटाएर ३० अंक कायम गरिएको हो । लिखित परीक्षापश्चात्को प्रस्तुतीकरणको पूर्णांक ५० कायम गर्दा मूल्यांकनले ‘निर्णायक’ भूमिका खेल्न थालेपछि आयोगले संशोधन गरेको हो ।