मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २३ बिहीबार १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १५:३३:oo

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबर्जस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान)सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन्। एक १७ वर्षीया किशोरीले जबर्जस्ती करणी आरोपमा प्रहरीमा जाहेरी दिएपछि कानुनी उपचारका लागि सहयोग गरिदिन उनले आग्रह गरेका हुन्।

हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्टइन्डिज पुगेका लामिछानेले क्यानसँगको फोनवार्तामा आफूले जबर्जस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका क्यानका सचिव प्रशान्त मल्लले जानकारी दिए। उनले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको र प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको उल्लेख गरे।

फोनवार्तामा क्रिकेटर लामिछानेले कानुनी उपचारमा प्रोफाइलिस्ट लयर खोजिदिन आग्रह गरेको मल्लले बताए। उनले यसबारेमा आइसिसीले पनि चासो दिएको उल्लेख गर्दै आइसिसीलाई पनि यसबारेमा जानकारी गराएको र आइसिसी यस विषयलाई लिएर गम्भीर रहेको बताए।

क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेसँग बुधबार राति घटनाबारे जानकारी लिएका थिए। जसमा क्रिकेटरले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेकाे क्यानले जनाएको छ।