मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Tuesday, 07 January, 2025
अनिल यादव काठमाडौँ
२o७९ भदौ २१ मंगलबार १९:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अभिनेता पल शाह बाल यौन दुरूपयोगमा दोषी ठहर

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार १९:३९:oo

नवलपुर जिल्ला अदालतले पल शाहलाई बाल यौन *दुरूपयाेग कसुरमा साढे २ वर्ष कैद सजाय दिएको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई जबर्जस्ती करणी मुद्दामा भने सफाइ दिएको हो। 

फैसलामा मिडिया र नाबालिगकको अभिभावकलाई पनि सचेत गराइएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले नयाँ पत्रिकालाई जानकारी दिए। 

२०७८ गत ११ फागुनमा नाबालिगमाथि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यस्तै, यही आरोपसहित शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो। शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए। 

- (*दुरूपयोग हुनुपर्नेमा दुर्व्यवहार भएकोले सच्याइएको छ । सं.)