मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २३ मंगलबार १४:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान संशोधन नै सबै समस्याको समाधान होइन : प्रदीप ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १४:४५:oo

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सबै समस्याको समाधान संविधान संशोधन नभएको प्रस्ट्याएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्। जनताका अपेक्षा र सेवाप्रवाहको बिचमा ठुलो अन्तर रहेको उल्लेख गर्दै उनले सबै समस्याको सम्बोधन संविधान संशोधनमा खोज्न नहुने बताए।

‘हामीले छुट्याउनुपर्छ कति संविधानका अन्तरनिहित कमजोरीका कारणले आजको समस्या आएको छ। कति संविधानभित्र अभ्यास गर्ने हामी पात्र, संस्था र हाम्रा प्रवृत्तिहरूले काम गरेको छ ? त्यसलाई हेर्न जरुरी छ,’ उनले भने।

स्व. सुवास  नेम्वाङलाई उदृत गर्दै ज्ञवालीले संविधानले शक्ति पृथकीकरणअनुसार एकदमै राम्रोसँग अधिकार बाँडफाँट गरेको बताए। उनले भने, ‘जतिसुकै राम्रो संविधान भए पनि दुर्भाग्यवश यसले बुद्धि र विवेकको बाँडफाँटचाहिँ गर्न सक्दैन। त्यो यसका पात्रहरूले गर्ने कुरा हो ।’

संविधानको मर्मअनुसार चल्नुपर्ने भन्दै ज्ञवालीले थपे, ‘सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्न लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौँ।’