मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २१ मंगलबार १५:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २१ मंगलबार १५:२८:००

राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ पारित गरेको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक पारित गरेको हो।

विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण सुधारेका कैदीहरूको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताए। कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दी रहेकाले आचरण सुधारेकालाई बाहिर निकाले सहजता हुने उनको भनाइ छ।

‘आचरण र व्यवहार सुधारेका बन्दीहरूलाई ५० प्रतिशत उनीहरूले कैद भुक्तान गरिसकेपछि कैद मिनाहा गर्ने अवसर मिलोस् नै भन्नेमा हामीहरू छौँ। प्रत्येक जेलमा त्यो जेलको संरचनाभन्दा बढी बन्दी छन्। त्यसकारणले आचरण सुधारेकालाई छोड्न पायो भने अलि सहज हुन्थ्यो कि भन्ने पनि छ,’ मन्त्री खाणले भने। 

यद्यपि, जन्मकैदको सजाय, तेजाब आक्रमण, जबर्जस्ती करणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागुऔषध ओसारपसार, सम्पत्ति शुद्धीकरण, संगठित अपराधलगायत २० वटाभन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने उनले स्पष्ट पारेका छन्।