मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २१ मंगलबार ०६:४५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

केन्याविरुद्ध नेपालको क्लिन स्विप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २१ मंगलबार ०६:४५:००

तीन ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेलेपछि सोमबार नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिज ३–० ले हात पारेको छ । केन्याको नैरोबी मैदानमा नेपालले अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा ६ विकेटले पराजित गर्दै सिरिजमाथि कब्जा जमाएको हो । यसअघि नेपालले केन्यालाई टी–२० सिरिजमा ३–२ ले निराश पारेको थियो । नेपालले यसअघि दोस्रो खेलमै एकदिवसीय सिरिजमाथि कब्जा जमाइसकेको थियो । तेस्रो खेल केवल औपचारिकता मात्र थियो । केन्याले पहिले ब्याटिङ गरी ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ५५ रनको योगफल खडा गरेको थियो । नेपालले ४७.१ ओभरमा चार विकेटको क्षतिमा दुई सय ५८ रन जोड्दै सानदार जित निकाल्यो ।  

 तीन अर्धशतक 
नेपालको जितमा ओपनर अर्जुन साउद, मोहमद आरिफ शेख तथा वसिर अहमेदले अर्धशतकीय इनिङ्स खेलेका थिए । साउदले ५८ रन, सेखले ५६ रन तथा अहमेदले ५२ रनको योगदान दिए । साउदले आफ्नो दोस्रो एकदिवसीय अर्धशतकीय योगदान दिन ९१ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । अर्का ओपनर शेखले ४२ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका थिए । यसैगरी, अहमेदले आफ्नो पहिलो एकदिवसीय अर्धशतकीय इनिङ्स खेल्दा ४७ बलमा सात चौका प्रहार गरेका थिए । नेपालको ब्याटिङ सुधारिएको इनिङ्समा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडे ।

 बलियो साझेदारी
नेपालको जितमा तीनवटा साझेदारी महत्वपूर्ण रह्यो । ओपनर साउद र सेखले पहिलो विकेटका लागि १४.५ ओभरमा ७३ रनको साझेदारी गरेका थिए । शेख पटेलबाट क्याचआउट भए । त्यसपछि मल्लले अर्जुनसँग दोस्रो विकेटका लागि ८१ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई ३०.१ ओभरमा १५४ को बलियो स्थितिमा राखे । क्रिजमा सेट भइसकेका ब्याट्सम्यान अर्जुनले आफ्नो विकेट विराज पटेललाई दिए । मल्ल ३१.१ ओभरमा गोचेको ओभरमा एलबिडब्लूको धरापमा परे । कप्तान रोहितले अहमेदसँग पाँचौँ विकेटका लािग ९५ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई ६ विकेटको जित दिलाए ।  

 लुकासको उत्कृष्ट ब्याटिङ
पहिलो ब्याटिङ गरेको केन्याले तेस्रो क्रमका ब्याट्सम्यान कोलिन्स ओवुयाबाट उत्कृष्ट साथ पाएको थियो । कोलिन्सले निरन्तर विकेट गुमाएको पिचमा धैर्यपूर्वक ८३ रनको योगदान दिँदै नेपाली बलरमाथि दबाब राखेका थिए । कोलिन्सले एक सय ११ बलमा सात चौका र दुई छक्का प्रहार गरेका थिए । कोलिन्सलाई सहाव अलामले बोल्ड गरे । केन्याका ओपनर सुखदीप सिंहले ६७ बलको सामना गरी चार चौकाको सहयोगमा ३७ रनको योगदान दिए । रिन्गेराले ३१ बलमा दुई चौकाको सहयोगमा २३ रनको योगदान दिए । ओलुचले केवल २७ बलमा समान पाँच चौका र छक्का प्रहार गरी ५९ रनको योगदान दिए । न्गोचेले २० बलमा समान एक चौका र छक्का ठोक्दै १७ रन बनाए । बलिङमा सिमर सोमपाल कामीले १० ओभरमा एक मेडन राखी ३६ रन खर्चेर दुई विकेट लिए ।