१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ २० सोमबार १८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कर्मचारी सरुवा, बढुवाबारे निर्वाचन आयोगले सरकारलाई दियो निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार १८:३६:oo

सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ। निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो। 

आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिनअघि अर्थात् गत भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे। 

‘निर्वाचन आयोगले निर्वाचन तयारीको क्रममा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विभिन्न खालका निर्वाचनसँग सम्बन्धित निर्देशनहरू दिँदै आएको छ,’ उनले भने, ‘यसै सन्दर्भमा भदौ २ गते आयोगले नेपाल सरकारलाई दिएको निर्देशनबमोजिम संघ, प्रदेश र स्थानीय तहका कुनै पनि स्वीकृत दरबन्दीभित्र यदि त्यहाँ पद र पदनाममा कुनै रिक्तता छ भने ती रिक्तता निर्वाचन व्यवस्थापन गर्नका लागि विभिन्न कारणबाट अप्ठ्यारो पर्न सक्ने भएका कारणबाट भदौ २० गतेसम्म ती पदहरू पूर्ति गरिसक्ने अथवा सरुवा गरिसक्नुपर्ने भए पनि गरिसक्नु भन्ने आशयले निर्वाचन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको थियो।’ 

ad
ad
ad
ad