
संविधानसभा सदस्य गीता सिंह राप्रपा नेपालमा प्रवेश गरेकी छिन् । राप्रपा नेपालले लिएको लोकतान्त्रिक हिन्दूराष्ट्रको एजेन्डा मन परेकाले पार्टी प्रवेश गरेको उनले बताएकी छिन् ।
बाँकेनिवासी सिंहलाई पार्टी अध्यक्ष कमल थापाले आज पार्टी प्रवेश गराए । थापाले आजै नुवाकोटका जनजाति नेता कृष्णबहादुर घलेर सुरजलाई पनि पार्टी प्रवेश गराएका छन् ।
राप्रपासम्बद्ध नेपाल सनातन धर्म संस्कृति संगठनको प्रदेश १ का अध्यक्ष विनोदप्रसाद पोख्रेल, सदस्य चित्रबहादुर थापा राजकुमार पनि आजै राप्रपा नेपाल प्रवेश गरेको महामन्त्री राजाराम बर्तौंलाले जानकारी दिए ।
पोख्रेल गत स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकाका लागि प्रमुखका उम्मेदवार थिए । उनीहरूलाई स्वागत गर्दै अध्यक्ष थापाले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको चर्चा गरे ।