१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Saturday, 28 September, 2024
अरिजित सिंह गायक 
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १९ आइतबार ११:o७:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गला होइन, कला महत्वपूर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार ११:o७:oo

गायनमा हार्ड एन्ड फास्ट रुल कुनै छैन । मेरो गुरुले गायनमा गला होइन, कला महत्वपूर्ण हो भन्नुहुन्थ्यो । नयाँ–नयाँ शैली र सिर्जनाका लागि तपाईंले नियमित वार्मअप गर्नुपर्ने हुन्छ । गुरुजी भन्नुहुन्थ्यो, ‘यदि तपाईंले म्याराथन दौडनु छ भने पहिले बडी एक्टिभ हुनुपर्छ । वार्मअप गरे मात्रै खुट्टासँगै शरीरका सबै मसल्स एक्टिभ हुन्छन् । मसल्स लचिलो भएपछि तपाईंको ब्रेन पनि सक्रिय हुन्छ ।’

संगीतको हकमा रियाज यस्तै वार्मअप हो । यसले तपाईंको कलालाई तिखार्छ, अनि तपाईंलाई सिर्जनात्मक तरिकाले सोच्न सिकाउँछ ।  दौडेर मात्रै हुँदैन, तपाईसँग लक्ष्य हुनुपर्छ । कहाँ सास लिने, कहाँ हर्डल्स क्रस गर्नेलगायत जानकारी हुनुपर्छ । तपाईंले अरू केही सोच्नुपर्दैन, चिन्ता लिनुपर्दैन, खुलेर गाए हुन्छ ।

पहिले–पहिले स्टेज कार्यक्रम गर्नुभन्दा अघि गला टुटेपछि म आत्तिन्थेँ । हामी प्रायः यो खान हुँदैन, यो गर्न हुँदैन भनेर चिन्ता गर्छौं, तर अन्त्यमा केही हुनेवाला छैन । तपाईंको गला बस्दा साउन्ड फरक आउला । तपाईंले अरू वेला गाएजस्तो नहोला । तर, त्यो टेस्ट पनि फरक र विशेष हुन्छ । किनकि, गाउने त दिल र दिमागबाट हो । 

दिमागले टेक्निकल क्याल्कुलेसन गर्ने हो । रियाज अर्थात् नेचुरल्ली प्राक्टिस गरेर टेक्निकलाई याद गर्ने हो । त्यसपछि बाँकी चिन्ता नलिँदा हुन्छ, किनकि गायन एउटा प्रक्रिया हो । 

मैले जति पनि रेकर्डिङ गरेको छु, त्यसमा सबैमा गला उस्तै छैन, फरक–फरक  छ । तपाईं पनि चिन्ता नलिनुस्,  जहिल्यै राम्रोसँग गाउनुस् । शब्द र सिचुएसनमा ध्यान दिनुस् । मनदेखि गाउनुस् ।