मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Thursday, 18 September, 2025
२o७९ भदौ १८ शनिबार १९:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रदेश ‘ख’बाट सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार १९:३७:oo

नेकपा एमाले लमजुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। नेकपा एमाले लमजुङको शनिबार बेँसीसहरमा बसेको ५औँ पूर्ण बैठकले २५ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको हो।  

एमालेले प्रदेश ‘ख’ प्रत्यक्षतर्फ एमालेका उपमहासचिव पृथ्वीसुब्बाको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस गरेको छ। गुरुङ यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए। गुरुङसँगै प्रत्यक्षतर्फ नै जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ।