मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
नयाँ पत्रिका दार्चुला
२०७९ भदौ १७ शुक्रबार २०:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतले अतिक्रमण गरेको कालापानी फिर्ता हुन्छ : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
२०७९ भदौ १७ शुक्रबार २०:११:००

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको सरकारले भारतद्वारा अतिक्रमित भूमि कालापानी फिर्ता हुने बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

उनले भने, ‘भारतले वर्षौँदेखि अतिक्रमण गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर एमालेकै सरकारले नक्सा जारी गर्‍याे । भूमि फिर्ता पनि एमालेको सरकारले मात्रै सक्छ । राष्ट्रियता जोगाउन र देशको समृद्धिका लागि एमालेको सरकार चाहिन्छ।’

‘अतिक्रमित भूमि समेटेर केपी ओली प्रधानमन्त्री हुँदा संविधानको अंगको रूपमा नक्सा जारी भयो। नक्सा जारी गरेकै कारण हाम्रो सरकार विस्थापित भएको हो,’ उनले सम्बोधनको क्रममा भने, ‘यो दुनियाँलाई जगजाहेर छ।’