१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विपत् व्यवस्थापनको जिम्मा पालिकालाई नै दिनुपर्छ : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१o:oo

गृहमन्त्री बालकृष्ण खाणले विपत् व्यवस्थापनको जिम्मेवारी गाउँपालिकाहरूलाई नै दिएर सक्रिय बनाउनुपर्ने बताएका छन्। शुक्रबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले यस्तो बताएका हुन्।

‘नेपाल सरकारका विभिन्न मन्त्रालय र मातहतका विभागलाई क्रियाशील बनाउनुपर्ने र सहयोग र समन्वय गर्नुपर्ने अवस्था रहेको छ । यो वर्ष पहिरो वा बाढीले क्षति गरेको छ, त्यहाँ स्थानीय पालिकाहरूलाई नै जिम्मा दिएर सक्रिय बनाउन प्राधिकरण र मन्त्रालय प्राविधिक सहयोग लिन सक्नुपर्छ,’ उनले भने।

उनले राज्यकोषबाट प्राप्त रकम शतप्रतिशत सदुपयोग गर्नसमेत निर्देशन दिएका छन्। विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै मन्त्री खाणले प्रचलित कानुनअनुसार कोषको रकम खर्च गर्नुपर्ने औँल्याए।

‘प्राधिकरणको कार्यकारी समितिले गरेका निर्णयहरू गम्भीरतापूर्वक कार्यान्वयन हुनुपर्छ। विपत् व्यवस्थापन कोषमा भएको रकम विपतकाे समयमा नै खर्च हुनुपर्छ। स्थानीय तहमा विपत् जोखिम न्यूनीकरणका लागि खर्च गर्न पठाएको रकम सदुपयोग हुन सक्नुपर्छ। प्राधिकरणको आर्थिक पद्धति र प्रक्रिया छ। त्यहाँ पनि सार्वजनिक खरिद ऐन लागू हुन्छ। त्यसले प्रचलित कानुनअनुसार नै खर्च हुनुपर्छ,’ उनले भने।

मन्त्री खाणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णय गम्भीरतापूर्वक कार्यान्वयन गर्नसमेत निर्देशन दिए।

ad
ad