१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १६ बिहीबार ०९:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १६ बिहीबार ०९:३५:००

१. नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने नाममा सडकमा धराप थापिरहेको छ नि ? 
अहिले उपत्यकालगायत देशका मुख्य सहरमा धमाधम बिजुलीको तार भूमिगत गर्ने कार्य द्रुत गतिमा भइरहेको छ । त्यसका लागि सडक खन्नुपरेको हो । तर, खनेका सडक हामीले नै बनाउने हो । खनेको ठाउँमा वर्षाका वेला कालोपत्रे गर्न मिल्दैन । हामीले ग्राभेल वा माटो हालेर सम्याएर छाड्ने गरेका छौँ । हिउँद लागेपछि मात्रै 
कालोपत्रे हुन्छ ।

२. तपाईंहरूको काम भद्रगोल हुँदा पैदलमार्ग अस्तव्यस्त भएको छ । त्यसलाई कसले र कहिले व्यवस्थित पार्ने हो ? 
हामीले काम गरेको ठाउँ हामीले नै सफा गरेर छाड्छौँ । कतिपय ठाउँमा तपाईंले भनेजस्तै भएको पनि हुन सक्छ । हामी अनुगमन गरेर त्यसलाई व्यवस्थित गर्नेछौँ । 

३. बिजुलीका तार भूमिगत गर्ने प्राधिकरणको अभियान कहिलेसम्ममा पूरा हुन्छ ? 
अझै धेरै काम गर्न बाँकी नै छ । सम्भवतः हामीले आगामी दुई वर्षभित्र उपत्यकाभित्रका तार भूमिगत गरेर सक्छौँ होला । सबै काम सकिएपछि सडक पनि पूर्ण सुरक्षित हुन्छ ।