१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १६ बिहीबार ०८:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रावा बैंक र तीन पालिकाबीच सहकार्य गर्ने सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १६ बिहीबार ०८:५६:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गोरखाका तीन पालिकासँग सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकासँग सम्झौता गरेको हो । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार पालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिम दिई कर्जाका लागि बैंकमा सिफारिस गर्ने र बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने जनाइएको छ । 

सम्झौतामा हस्ताक्षरपछि बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यसले उद्यमी र बैंकबीचको खाडल हटाउन सहयोग पुग्ने बताए । गोरखा नगरपालिकाका नगरप्रमुख रानामगरले नगरपालिकाले कृषिमा व्यवसायीकरण, पर्यटन र साना उद्योगको प्रवर्द्धनमा लिएको नीति तथा कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए ।

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष बन्जाराले सम्झौताले उद्यमशीलता बढाई गरिबी हटाउन सहयोग पुग्ने बताए । बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले बारपाक २०७२ सालको भूकम्पपीडित क्षेत्र भएकाले पालिका क्षेत्रको आर्थिक उद्धारमा सहयोग पुग्ने बताए ।