१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २५ मंगलबार १८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ल्यान्डफिल साइटमा ढल फाल्ने संस्थालाई विराटनगर महानगरले दियो कारबाहीको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:२१:oo

विराटनगर महानगरपालिकाले ल्यान्डफिल साइटमा सेफ्टीट्यांकीबाट निकालेको ढल फाल्न निषेध गरेको छ। विराटनगर–६ स्थित पश्चिमतर्फ रहेको केसलिया नदीकिनारमा रहेको ल्यान्डफिल्ड साइटमा दुर्गन्ध बढेको गुनासो सुनवाई गर्दै महानगरपालिकाले ढल फाल्न निषेध गरेको हो।

विराटनगर महानगरको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएका उत्तर, मध्य र दक्षिण क्षेत्रका साझेदार संस्थाका प्रतिनिधिलाई मंगलबार बोलाएर ल्यान्डफिल साइटमा ढल नफाल्न मेयर नागेश कोइरालाले निर्देशन दिएका छन्। यसैगरी तोकिएकोभन्दा बढी शुल्क लिएमा फोहोर संकलन गर्ने संस्थालाई कारबाही गर्ने चेतावनी पनि मेयर कोइरालाले दिएका छन्।

विराटनगरमा फोहोर व्यवस्थानमा सक्रिय साझेदार संस्थाहरूले सम्झौताविपरीत उपभोक्त्ताहरूसँग मनमानी शुल्क असुल्ने गरेको भन्दै महानगरमा उजुरी परेको थियो।   

ad
ad